Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डेरी अध्ययन संस्थान स्थापनाको तयारी

काठमाडौं, २७ पुस । नेपाल डेरी एसोसिएसनले डेरी अध्ययन संस्थान स्थापनाको तयारी गरेको छ । एसोसिएसनको १९औं साधारणसभा एवं ७औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको पहिलो डेरी स्थापनास्थल काभ्रेको नालामा नेसनल डेरी रिसर्च इन्स्टिच्यूट स्थापनाको प्रस्ताव गरिने जनाइएको हो ।

यस्तै, एसोसिएसनले आगामी साधारसभामा भूकम्पप्रभावित क्षेत्रमा एक परिवारमा एक गाई वा भैंसी उपलब्ध गराइ स्थायी रोजगारी प्रदान गर्न पुनःनिर्माण प्राधिकरणसक्ष प्रस्ताव गरिनेलगायत थुप्रै योजना ल्याइने पनि जानकारी गराइयो ।
एसोसिएसनको सातै प्रदेशमा प्रादेशिक संरचना स्थापना भइसकेको छ ।

सातै प्रदेशमा दैनिक उत्पादित कुल ४८ लाख ५० हजार लिटर दूधलाई डेरी उद्योगले प्रयोगमा ल्याउने नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । उत्पादित दूधको १५ प्रतिशत औपचारिक क्षेत्र, ३५ प्रतिशत अनौपचारिक क्षेत्र र ५० प्रतिशत कृषक स्वयंले उपभोग गरिरहेको दाहालको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x