Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फष्ट माइक्रोफाइनान्सको हकप्रदका लागि माघ ९ गते बुक क्लोज

फष्ट माइक्रोफाइनान्सको हकप्रदका लागि माघ ९ गते बुक क्लोज

काठमाडौं, २७ पौष । फष्ट माइक्रोफाइनान्सको हकप्रद शेयर निष्कासनको लागि माघ ९ गते शेयर दर्ता पुस्तिका बन्द हुने भएको छ । बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएपछि शेयर दर्ता पुस्तिका बन्द गर्ने गर्ने भएको हो ।

फष्ट माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ४५ करोड ६२ लाख रुपैयाँबाट बढेर ६८ करोड ४३ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x