रिलायन्स फाइनान्सको हकप्रद शेयरको लागि १५ दिन थपियो

काठमाडौं, २७ पौष । रिलायन्स फाइनान्सले हकप्रद शेयरको विक्रीको लागि १५ दिनको समय थपेको छ । फाइनान्सको हकप्रद शेयर अब माघ १२ गतेसम्म आवेदन दिने सकिने भएको छ । फाइनान्सले गत मंसिर २२ गते देखी ४५ प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । यस्तै फाइनान्सले पौष २७ गते हकप्रद शेयरको बिक्री बन्द गर्ने भनेको थियो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ हजार ६६ लाख ५७१.६० कित्ता हकप्रद शेयर बिक्री गर्दैछ । फाइनान्सको हकप्रद शेयर जारी पछि चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५२ करोड २५ लाख रुपैयाँ रहेको छ ।
रिलायन्स फाइनान्सले हकप्रद शेयर विक्रीका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *