Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हिमालयन बैंकले २५ प्रतिशतका दरले बोनस सेयर दिने

हिमालयन बैंकले २५ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं, २८ पुस । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई २५ प्रतिशतका दरले बानेस सेयर र १.३१५८ प्रतिशत नगद गरि कुल २६.३१५८ प्रतिशत लाभांश दिने भएको छ ।आज सम्पन्न बैंकको २५ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरण पश्चात चूक्ता पूँजी ८ अर्व ११ करोड रुपैयाँ रहेको छ ।

हाल ४७ वटा शाखा, ९३ वटा एटिएम र २ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिदै आएको यस बैंकले चालु आर्थिक वर्षमा ६ स्थानमा नयाँ शाखा विस्तार गर्नुका साथै सरकारको योजना अनुरुप स्थानीय तहमा पनि शाखा तथा एटिएम सेवा विस्तारको योजना बनाएको छ ।
यो अवधीमा बैंकले ९५ अर्व ९० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरि ८१ अर्व ४३ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।

त्यस्तै हिमालयन बैंक यसैसाता देखि स्थापनाको २५ औं वर्ष पूरा गर्दै छ । वार्षिकोत्सवको अवसरमा बैंकले नविन, सुरक्षित तथा स्वास्थ्य बैंकिङ प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा प्रवाह गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यलाई पनि अघि बढाउने प्रतिवद्धता जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x