Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शिखरको विन्टर सेल मेला संचालनमा, मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट

शिखरको विन्टर सेल मेला संचालनमा, मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट

काठमाडौं, २ माघ । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्टर सेल मेला आयोजना गरेको छ । एक सातादेखि संचालित उक्त मेलामा सर्वसाधारणहरुको भिड बढ्दै गएको आयोजकले बताएको छ ।

शिखरले मेलामा फ्यक्ट्रीकै मुल्यमा जुत्ताचप्पल उपलब्ध गराएको छ । शिखरले जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुट दिएको छ । शिखरले स्वदेशमै जुत्ताचप्पल उत्पादन गर्दै आएको छ ।

बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ । कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेका छौं । यस्तै बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ । मेलामा ग्राहकले अविश्वसनीय मूल्यमा जुत्ताचप्पल पाइरहनु भएको छ । मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x