Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

चुनावपछि तेस्रोचोटी पेट्रोलियमको मूल्य बढ्यो

चुनावपछि तेस्रोचोटी पेट्रोलियमको मूल्य बढ्यो

काठमाडौं, ४ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्टिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले सोही अनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी) ले जनवरी १५ मा पठाएको मूल्यसूची अनुसार इन्धनको बजार मूल्य समायोजन गरेको हो ।
निगमले आइओसीबाट अंग्रेजी महिनाको १ र १५ मा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्छ । बिहीबारदेखि लागू हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजल र मट्टितेलमा दुर्इ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले बताए।यो मूल्य बढेपछि पेट्रोल १ सय ३ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टितेलको मूल्य ८१ रुपैयाँ प्रतिलिटर कायम भएको छ। निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ।
मूल्य समायोजनपछि निगमलार्इ पाक्षिक रुपमा १९ करोड घाटा रहेकोजभट्री छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x