Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

काठमाडौं, ३ माघ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले प्रदेश प्रमुख (गभर्नर) हरु र प्रदेशको अस्थायी राजधानी तोकेको छ । प्रदेश १ को राजधानी विराटनगर तोकिएको छ । त्यस्तै प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को रुपन्देही, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई राजधानी तोकिएको छ ।
त्यस्तै, सातै प्रदेशका गभर्नर पनि तोकिएका छन् । प्रदेश १ मा प्रोफेसर गोविन्द तुम्बाहाम्फे, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गा केशर खनाल र प्रदेश ७ मा मोहनदास मल्ल नियुक्त भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x