Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पञ्चकन्या माई जलविद्युत आयोजनाको प्राथमिक निष्कासन आजबाट

पञ्चकन्या माई जलविद्युत आयोजनाको प्राथमिक निष्कासन आजबाट

काठमाडौं, ५ माघ । पञ्चकन्या माई जलविद्युत आयोजनाले आज माघ ५ गतेबाट प्राथमिक शेयरको बिक्री खुल्ला गरेको छ । यस आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ११ लाख कित्ता प्राथमिक शेयरको बिक्री खुल्ला गरेको हो । प्राथमिक शेयरको बिक्री बन्द छिटोमा माघ ९ गरिने जनाइएको छ ।

यस आयोजनाले २७ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । जसमध्येको ११ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दको लागि निष्कासन गर्न छ । जसका लागि आयोजनाले स्विकृति नेपाल धितोपत्र बोर्डबाट मंसिर ५ गते पाएको हो । आयोजनाले एक सय रुपैयाँ अंकित मुल्य भएको ११ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्दैछ । र बाँकी रहेको १६ लाख ५० हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणहरुका लागि छुट्टाइएको छ ।

प्राथमिक शेयर निष्कासनको लागि आयोजनाले विक्री प्रबन्धकमा सनराइज क्यापिटल र नबिल इम्भेष्टमेन्टलाई नियुक्त गरेको छ । यस निष्कासनका लागि इक्रा नेपालले आइपिओ ग्रेड ४ मापन पाएको छ । आयोजनाले बिक्री खुल्ला गरेको प्राथमिक शेयरको आवेदन संनराईज बैंक र प्रभु बैंकका सम्बन्धित शाखाहरु, पञ्चकन्या माईको कार्यलय र सन्दाक गाँउपालिकाको कार्यलयमा आबेदन दिन सकिने छ । यस प्राथमिक निष्कासनको लागि शेयरलगानीकर्ताहरुले न्युनतम २० कित्ता र अधिकत्तक ५ हजार पाँच सय कित्ता शेयरको लागि आवेदन दिन सकिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x