Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुर्य लाईफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

सुर्य लाईफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं, ५ माघ । सुर्य लाईफ इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका छन् । नेपाल स्टक एक्सचेन्जले इन्स्योरेन्सेको ६ लाख ५६ हजार २५० कित्ता बोनस शेयर सुचिकृत गराएको हो । कम्पनीको नवौं वार्षिक साधारण सभामार्फत उक्त बोनस शेयर पारित भएको थियो ।

यस्तै कम्पनीले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासकोे लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद शेयरको लागि अवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २८ करोड ८७ लाख ५ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बोनस र हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x