Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन प्रतितोला ५७ हजार रुपैयाँ

सुन प्रतितोला ५७ हजार रुपैयाँ

काठमाडौं, ८ माघ । सोमबार स्थानिय बजारमा छापावाला सुन प्रति तोला ५७ हजार रुपैयाँमा कारोबार भएको छ । तिन दिनसम्म स्थीर रहेको सुनको मुल्य सोमबार बढेको हो । यस अघि सुनको मुल्य प्रति तोला ५६ हजार आठ सय रुपैयाँ कायम थियो ।

माघ २ र ३ गते स्थानिय बजारमा सुन प्रति तोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस पछि माघ ४, ५ र ७ गते सुन प्रति तोला चार सय रुपैयाँले घटेर ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर सोमबार भने सुन प्रति तोला दुई सय रुपैयाँले बढेर ५७ हजार रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दै गएको कारण लगानीकर्ताहरुको आकर्षण सुन तर्फ बढेको छ । सोहि कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिले स्थानिय बजारमा समेत असर गरेको छ । सुन व्यवसायीहरुले आगामी दिनमा सुनको मुल्य अझै बढ्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x