Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कामना सेवा विकास बैंकले खुद मुनाफा ३५.२६ प्रतिशतले बढायो

कामना सेवा विकास बैंकले खुद मुनाफा ३५.२६ प्रतिशतले बढायो

काठमाडौं, ८ माघ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १३ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकले खुद मुनाफा आर्जन ३५.२६ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकको खुद मुनाफा आर्जन १० करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकले १३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरि १२ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा बैंकले उल्लेख्य सुधार गरेको पाइएको छ । यस्तै बैंकले चुक्ता पुँजीमा समेत वृद्धि गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा ६६ करोड १६ लाख रुपैयाँ रहेको चुक्ता पुँजी हाल २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । बैंकले चुक्ता पुँजी वृद्धिको लागि १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको समिक्षा अविधमा बैंकको वार्षिक प्रति शेयर आम्दामी १३.१९ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा प्रति शेयर आम्दामी ३ण्.४० रुपैयाँ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x