Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

उतारचढापमा नै बित्यो आज शेयर बजार, झिनो अंकले घट्यो नेप्से

उतारचढापमा नै बित्यो आज शेयर बजार, झिनो अंकले घट्यो नेप्से

काठमाडौ., ८ माघ । शेयर बजारमा आज उतारचढाप देखियो । मंगलबार शेयर बजार घट्ने बढ्ने क्रममा रहेको थियो । शेयर बजार बन्द हुने समयमा भने नेप्से परिसुचक झिनो अंकले घटेको छ ।

मंगलबार शेयर बजारको परिसुचक नेप्से ०.५८ अंकले घटेर १४०२.०९ विन्दुमा पुगेको छ । आज शेयर बजारमा १६३ कम्पनीहरुको ९ लाख ५४ हजार ६३० कित्ता शेयरको किनबेचबाट ३६ करोड ६४ लाख ३० हजार ९३४ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकममा कमी आएको छ ।

नेप्से परिसुचकसंगै मंगलबार १० वटै समुहगत परिसुचकहरुको कारोबार भएको छ । आज कारोबार भएको समुहगत परिसुचकहरुमा ५ वटा समुहको परिसुचकमा गिरावट आएको छ । विकास बैंक ०.५२, वित्त २.१५, वीमा समुह १८.६५, अन्य समुह ४.३ र लघुवित्त १३.२९ अंकले तल झरेको छ । यस्तै बैंकिङ ०.८३, व्यापार १०.२२, होटल ०.५६, जलविद्युत २३.४३ र उत्पादन समुह ३.४१ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x