Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ग्लोबल आइएमइ बैंकको लण्डनमा खुल्यो प्रतिनिधि कार्यालय

ग्लोबल आइएमइ बैंकको लण्डनमा खुल्यो प्रतिनिधि कार्यालय

काठमाडौं, माघ ९ । ग्लोबल आइएमई बैंकले बेलायतकोे एल्डरसर्टमा प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट स्थित सम्र्पक कार्यालयको एक समारोहका विच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गर्नुभयो । सम्र्पक कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर डा. नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गर्नुभयो । सोहि कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदिले आफ्नो मन्तव्य राख्दै ग्लोबलले देश भित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंशा गर्दै बैंकको प्रगतिको कामना गर्नुभयो । उक्त सम्पर्क कार्यालयको उद्घाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि.का अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्र्पक कार्यालयहरु सञ्चालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउदैँ विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत जानकारी गराउनुभयो । साथै उहाँले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसाथीहरुलाई आग्रह समेत गर्नुभयो ।
ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतमा प्रतिनिधी कार्यालय खोलेपछि बैंककोे प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु विच व्यापारिक एवं लगानी सम्वन्धी प्रवध्र्दनात्मक कार्यमा समेत सघाउने बैंकले विश्वा गरेका छ । यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनुभयो ।
ग्लोबल आइएमई बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा प्रतिनिधी कार्यालय खोलिसकेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंक लि. ले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ । त्यसैगरि मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x