Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजार फेरि १४ सय मुनि

बजार फेरि १४ सय मुनि

काठमाडौं, ९ माघ। सेयर बजार १४ सय अंक मुनि झरेको छ । दोस्रो त्रैमासमको विवरण सार्वजनिक हुने क्रमसंगै बजार  झन तल झर्न थालेको छ।

निरन्तरको बोनस र हकप्रदले बजारमा आपूर्ति पक्ष बलियो छ भने तरलता अभावका कारण माग पक्ष कमजोर छ।    मा जस्तो बोनस र हकप्रद पाउने सम्भवना कम छ । बजार सूचक नेप्से मंगलबार ९.०५ अंकले घटेर १३९३.०४ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.६५ प्रतिशतले घटेको हो । कुल १५५ कम्पनीको ३२ करोड २६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक ८७.६५ अंकले घटेको छ । यसैगरी, होटेल समूह ३७.२९ अंक र हाइड्रोपावरमा २९.४८ अंकले मन्दी देखिएको छ । उता, वाणिज्य बैंक समूहमा भने ६.६७ अंकले ह्रास आएको छ । कारोबार रकममा सानिमा माई हाइड्रोपावरले अग्रता लिएको छ । सानिमा माईको २ करोड ९२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिलिभर नेपाल र बुटवल पावर कम्पनी परेका छन् । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x