Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारण सभा फागुन ३० गते

सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारण सभा फागुन ३० गते

काठमाडौं, ६ फागुन । सेञ्चुरी कमर्सियल बैंकले फागुन ३० गते सातौं वार्षिक साधारणको लागि शेयरधनीहरुलाई बोलाएको छ । उक्त वार्षिक साधारण सभामा बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने जनाएको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत लाभांंश मध्ये ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले वार्षिक साधारण सभा र बोनस शेयरको प्रयोजनका लागि फागुन ११ देखी ३० गतेसम्म शेयरदर्ता किताब बन्द गर्ने भएको छ । फागुन १० गतेसम्म बैंकको शेयर किन्ने शेयरधनीहरुले बोनस शेयर सुरक्षित गर्न सक्नेछन् ।

बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर पछिको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुग्ने बताएको छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x