Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टिकेन शेयर बजारको वृद्धि, दोहोरो अंकले घट्यो नेप्से

टिकेन शेयर बजारको वृद्धि, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, ६ फागुन । गत साता बढेको शेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार घटेको छ । नयाँ सरकार गठन हुने आशामा शेयर बजार प्रति उत्साहित भएको लगानीकर्ताको उत्साह टिक्ने सकेन ।

आइतबार शेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज ११.०५ अंकले घटेर १४१३.९० विन्दुमा पुगेको छ । शेयर बजार खुल्दा नेप्से परिसुचकमा वृद्धि देखिएको थियो । यसरी शेयर बजार बढ्दा १४४४.६५ विन्दुसम्म पुगेको थियो । तर त्यसपछि नेप्सेमा निरन्तर गिरावट आएको थियो ।

गत साता ४० अंकको वृद्धि भएको शेयर बजारमा आइतबार बजार सच्चिएको लगानीकर्ताहरुले बताएका छन् । गत साताको विहिबार ३६ अंकको वृद्धिका कारण नै आइतबार शेयर बजारमा गिरावट आएको एक शेयर लगानीकर्ताको धारणा रहेको छ । उनका अनुसार आज बजार अझै घट्ने सम्भावना रहे पनि ११ अंकले मात्र नेप्से तल झरेको छ ।

नेप्से परिसुचकमा आएको कमीका कारण शेयर कारोबार रकममा समेत आइतबार कमी आएको छ । आइतबार कुल १५९ कम्पनीहरुको १४ लाख २९ हजार ३५९ कित्ता शेयरहरुको किनबेचबाट ५९ करोड ६ लाख ६० हजार १२ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढि १०७.४८ अंकले वीमा समुहको सुचकमा गिरावट आएको छ । यस्तै उत्पादन तथा प्रशोधन समुहको परिसुचकमा भने ९.५९ अंकले वृद्धि देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x