Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आगामी वर्षका लागी धनगढी उपमहानगरपालिको रु. ४९ करोड बजेट प्रस्ताव

आगामी वर्षका लागी  धनगढी उपमहानगरपालिको रु. ४९ करोड  बजेट प्रस्ताव

नगरपरिषदको उद्घाटन वन तथा भु संरक्षण राज्यमन्त्री दीर्घराज भाटले गरे

टंक कुवर

धनगढी, २८ पुस । धनगढी उपमहानगरपालिका कैलालीले आगामी वर्षका लागि ४९ करोड ९४ लाख ३४ हजार अनुमानित बजेट विनियोजन गरेको छ ।
धनगढी उपहमानगरपालिका कैलालीको विहीवार आयोजित दोस्रो नगर परिषदमा उक्त अनुमानित बजेट सार्बजनिक गरेको हो ।
उक्त अनुमानित वजेट मध्ये चालु खर्च तर्फ रु. २० करोड ३ लाख ३० हजार र पुँजीगत तर्फ रु. २९ करोड ९१ लाख चार हजार रहेको छ ।
चालु खर्चतर्फ सामाजिक सुरक्षा भत्ता रकम वितरणका लागि रु. १४ करोड १३ लाख ५० हजार, उपभोगत खर्चका लागि ३ करोड ९२ लाख ३० हजार, कार्यालसय संचालन सेवा खर्चमा एक करोड ८ लाख ५० हजार, सेवा तथा उत्पादन खर्चमा ४४ लाख ५० हजार रहेको छ ।
त्यसै गरी भइपरी खर्चमा २९ लाख, शिक्षा, स्वास्थ्य खेलकुद, संस्कृति संरक्षण लगायतका सामाजिक गतिविधिका लागि रु. १५ लाख ५० हजार विनियोजन गरिएको कार्यकारी अधिकृत ध्यानकुमार थापाले बताए ।
त्यसै गरी पुँजीगत खर्चतर्फ लक्षित समूह विकास कार्यक्रम तर्फ २ करोड ७५ लाख सात हजार प्रस्ताव गरिएको छ भने सो मध्ये महिला लक्षित कार्यक्रममा ६८ लाख ७७ हजार, बालबालिका लक्षित कार्यक्रम एक करोड ३ लाख १५ हजार, पछि परेका विपिन्न, दलित, आदिवासी, जनजाती, जेष्ठ नागरिक, अपागंता, मधेसी, मुस्लिम, पिछडा वर्गका कार्यक्रमका लागि रु. एक करोड ३ लाख १५ हजार प्स्ताव गरिएको उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दीजराज भट्टले जानकारी दिए ।
यसै गरी पुर्वाधार विकासतर्फ रु. ४ करोड ५० लाख, क्षेत्रीय सहरी विकास कार्यक्रम रु. ४ करोड ८७ लाख, ठूला पुर्वाधार विकास कार्यक्रममा रु. ३ करोड ३० लाख, फोहोरमैला, व्यवस्थापनका लागि रु. एक करोड ६० लाख, ल्याण्डफिल्ड साइटको जग्गा खरिदको लागि रु. एक करोड ५० लाख बजेट विनियोज गरिएको छ । त्यस्तै सीमा क्षेत्र विकास कार्यक्रममा ९७ लाख ७५ हजार, स्थानीय सामुदायिक विकास कार्यक्रममा ८१ लाख ५८ हजार, सौर्य उर्जा कार्यक्रममा रु. ५० लाख बजेट विनियोजन गरिएको छ ।
प्रस्तावित गरिएको अनुमानित बजेट व्यवस्थाका लागि आन्तरिक स्रोतर्फबाट रु. ९ करोड ३७ लाख ११ हजार र बाहय स्रोत तर्फबाट रु. ४० करोड ५७ लाख २३ हजार गरी रु. ४९ करोड ९४ लाख ३४ हजार आय अनुमान गरिएको छ ।
दोस्रो नगरपरिषदको उद्घाटन वन तथा भु संरक्षण राज्यमन्त्री दीर्घराज भाटले गरेका थिए । कार्यक्रममा बोल्दै राज्यमन्त्री भाटले धनगढीउपमहानगरपालिकाको समग्र विकासका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताए ।
धनगढी उपमहानगरपालिकामा उत्कृट काम गरेको भन्दै कर्मचारी वलदेव पन्त, खरिदार शारदा भाट, कुचिकार भागीराम चौधरीलाई पुरस्कृत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x