Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

औद्योगिक क्षमता उपयोगमा सुधार, ५७.३ प्रतिशत क्षमता उपयोग

औद्योगिक क्षमता उपयोगमा सुधार, ५७.३ प्रतिशत क्षमता उपयोग

काठमाडौं, १० फागुन । गत आर्थिक वर्षमा उद्योगहरुले कुल क्षमताको ५७.३ प्रतिशत क्षमता उपयोग गरेका छन् । आर्थिक वर्ष २०७२—७३ को तुलनामा आर्थिक वर्ष २०७३—७४ मा उद्योगहरुको क्षमता उपयोगमा सुधार आएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । विद्युत् आपूर्तिमा नियमितता तथा बन्द, हड्ताल जस्ता क्रियाकलापमा कमीका कारण उद्योगहरुको क्षमता उपयोग बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०७२—७३ मा उद्योगहरुको क्षमता उपयोग ४८.२ प्रतिशत रहेको थियो । क्षमता उपयोगमा वृद्धिसँगै औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा पनि वृद्धि भएको छ भने औद्योगिक उत्पादन पनि बढेको केन्द्रीय बैंकले जनाएको छ ।

उर्जा आपूर्ति तथा व्यावसायिक वातावरणमा भएको सुधार भएको तथा पुनर्निर्माण कार्यले गति लिएकोले निर्माणजन्य सामग्रीको मागमा आएको विस्तारका कारण उद्योगहरुको क्षमता उपयोगमा सुधार आएको राष्ट्र बैंकले आफ्नो अध्ययनमा उल्लेख गरेको छ । राष्ट्र बैंकले काठमाण्डौ, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर (बुटवल), नेपालगञ्ज र धनगढी लगायतका क्षेत्रमा अध्ययन गरी उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो । जसमा ५७ जिल्ला समेटिएका छन् ।
समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा पश्मिना उद्योग (९८.५ प्रतिशत), वियर उद्योग (८२.१ प्रतिशत), चाउचाउ उद्योग (७९.१ प्रतिशत) र प्रशोधित चिया उत्पादन गर्ने उद्योग (७८.६ प्रतिशत) रहेका छन्। गत वर्ष यी उद्योगहरुको क्षमता उपयोग क्रमशः ८८.० प्रतिशत, ६२.८ प्रतिशत, ८३.३ प्रतिशत र ६५.५ प्रतिशत रहेको थियो । त्यसैगरी, सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगहरुमा चामल उद्योग (२८.८ प्रतिशत), चिनि उद्योग (३१.२ प्रतिशत) र ईटा उत्पादन गर्ने उद्योग (३५.७ प्रतिशत) रहेको अध्ययनमा उल्लेख छ । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको कुल गार्हस्थ उत्पादन करिब ११ प्रतिशतले वृद्धि भएको थियो ।

गत आर्थिक वर्षमा वनस्पती घिउ तथा तेल समूहको उत्पादन ३९.२ प्रतिशतले, समग्र पेय पदार्थको उत्पादन २७.२ प्रतिशतलेर लत्ता कपडा समूहको(धागो, सिन्थेटिक कपडा र पश्मिनाको औसत) उत्पादन २८.८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अन्न तथा पशुदाना समुहको उत्पादन १९.४ प्रतिशतले वृद्धि भएको छ । अन्य खाद्य पदार्थ समूह अन्तर्गत विस्कुट, चाउचाउ र प्रशोधित चियाको उत्पादनमा वृद्धि भएको छ भने चिनी र चकलेटको उत्पादनमा कमी आउँदा अन्य खाद्य पदार्थ समूहको समग्र उत्पादनमा १५.३ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, तयारी कपडा समूहको उत्पादन ३२.९ प्रतिशतले घटेको छ भने रंगको उत्पादनमा २६.० प्रतिशतले, साबुनको उत्पादनमा ३२.३ प्रतिशतले, ईटाको उत्पादन १२.२ प्रतिशतले र सिमेन्टको उत्पादन ५८.३ प्रतिशतले बढेको छ । यसैगरी, फलामको छड तथा पत्ति र जि.आई तारको उत्पादनमा क्रमशः १०९.३ प्रतिशत र ८२.२ प्रतिशतले वृद्धि भएको छ भने घरेलु धातुका सामानको उत्पादनमा ३.८ प्रतिशतलेर जुत्ताको उत्पादनमा १७.५ प्रतिशतलेह्रास आएको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा औद्योगिक कर्जामा समेत वृद्धि भएको छ । केन्द्रीय बैंकको अध्ययनमा समावेश भएका क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २१.० प्रतिशतले वृद्धि भई रु. ६ खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । गत आर्थिक वर्षमा यस्तो कर्जा २२.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा प्रवाहित कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश ३२.४ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x