Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेलम्ची खानेपानीको ९० प्रतिशत कार्य सम्पन्न

मेलम्ची खानेपानीको ९० प्रतिशत कार्य सम्पन्न

काठमाडौं, १५ फागुन । मेलम्ची खानेपानी आयोजनाको कार्य दु्रत गतिमा भइरहेको छ । सुरुङ खन्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको ९ किलोमिटरमा आज मंगलबारसम्म आइपुग्दा १ सय ९५ मिटर मात्र बाँकी छ । अहिले दैनिक ६ मिटरको गतिमा सुरुङ खन्ने कार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाका योजना शाखा प्रमुख राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने–‘दुई फेजमा करिब ३०० कामदारहरु खटिई कार्य अघि बढिरहेको छ ।’
दुई वटा उपसमूह बनाई निर्माण कार्य थालेको मेलम्ची खानेपानी आयोजनाले आफ्नो जिम्मामा रहेको सुरुङ खन्ने, टनेल बनाउने लगायतका काम गरिरहेको छ । अर्को खानेपानी सरसफाई आयोजनाले नयाँ १० ठाउँमा ट्याङकी बनाउने जिम्मा लिएकोमा ९ ठाउँमा निर्माण सम्पन्न गरिसकेको जनाएको छ । भक्तपुरको कटुञ्जेमा निर्माण सम्पन्न हुन बाँकी ट्यांकी बनाउने काम द्रुत गतिमा निर्माण भइरहेको एवम पाइप लाइन विस्तारको कार्य समेत अन्तिम चरणमा पुगेकोे खानेपानी सरसफाई आयोजनाका प्रमुख लिलाप्रसाद थपलियाले बताए ।
करिब ६८ हजार घरधुरिमा पाइपलाइन विस्तार गर्नुपर्नेमा हालसम्म ४७ हजार घरधुरीमा पाइपलाइन जोडिसकेको र बाँकी घरधुरीमा जोडने कार्य द्रुत गतिमा भइरहेकोे थपलियाले बताए ।
सुन्दरीजलदेखि सिन्धुसम्मको करिब ९ कि.मि. र अम्वाथानदेखि ग्यालथुङसम्मको करिब ९ कि.मी सुरुङ खन्ने काम सम्पन्न भइसकेको पन्तले बताए । यो आयोजनाको कुल सुरुङ मार्ग २७.५ कि.मी रहेको छ । पछिल्लो सझौतानानुसार आयोजना २०१८ मार्च १८ भित्र सक्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x