Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आर्थिक क्षेत्र अनुकुल नभएका ऐनहरु संशोधन गरिन्छ : मन्त्री खतिवडा

आर्थिक क्षेत्र अनुकुल नभएका ऐनहरु संशोधन गरिन्छ : मन्त्री खतिवडा

काठमाडौं, १९ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक क्षेत्र अनुकुल नभएका ऐनहरुलाई संशोधन गर्दै मुलुक भित्र औधोगिक वातावरणको सृजना गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको छलफलमा उनले नीजि क्षेत्रको लगानीलाई आकर्षित गर्न लगानीसँग सम्बन्धित ऐनहरु पुनरावलोकन गर्न आवश्यक झन्झटीलो र अप्रतिस्पर्धी ऐनहरु खारेज गर्ने तर्फ सरकार दृढ रहेको बताए ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको थिए । नेपालमा लगानीको उल्लेख्य सम्भावना रहेको र सोही अनुसार लगानीका लागि स्वदेशी एवं विदेशी लगानीकर्ता उत्सुक रहेको भन्दै नयाँ सरकारबाट उद्योगी व्यवसायी निकै आशावादी रहेको उनले बताए । त्यस्तै सरकारले ल्याउने आर्थिक विकासका योजनाहरुलाई सघाउने आश्वासन पनि उनले दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x