Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महिलाहरुको आर्थिक शसक्तिकरणमा जोड

काठमाडौं, २१ फागुन । वैदेशीक रोजगारबाट फर्किएका महिलाहरुलाई नेपालमा स्थापित गर्न आर्थिक शसक्तीकरण आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । १०८ औँ अन्र्तराष्टिय नारी दिवसका अवसरमा राजधानीमा आयेजित एक कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन ।

सो कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका रघुराज काफ्लेले वैदेशीक रोजगारबाट फर्किएका महिलाहरुले समाज र परिवारमा सम्मान जनक हिसाबले बस्न पाउनु अधिकार भएको बताए । उनले त्यस्ता महिलाको शिप र दक्षता बढाउन सरकारको निती चाडो कार्यान्वयन हुनुपर्नेमा जोड दिदै वैदेशी रोजगारमा सिकेको सिप नेपालमा प्रयोग गरि स्वरोजगार बन्न आग्रह गरे ।

एक तथ्यांक अनुसार नेपालबाट बार्षिक १९ हजार ३०६ जना महिलाहरु बाहिर जाने गर्छन । यी मध्ये ५ प्रतिशतले मात्र श्रम स्वीकृती लिएर जाने र बाँकी अन्य प्रकृयाबाट जाने गरेकोले विभिन्न समस्याहरु आउने गरेको छ । यस्तो समस्यालाइ रोक्न महिलाहरुको आर्थिक मुद्दा अगाडी ल्याएर उनीहरुलाई आर्थिक रुपमा शसक्त बनाउनुपर्ने शक्ती समुहकी चरीमाया तामाङले बताइन् । उनले परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयको राम्रो समन्वय हुन सके मात्र वैदेशिक रोजगारमा जाने महिला सुरक्षित हुनसक्ने बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x