Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सभामुख महराले लिए पद तथा गोपनीयताको सपथ

सभामुख महराले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं, २७ फागुन । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनीयताको सपथ लिएका हुन ।

उनलाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वाचित गरेको थियो। सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली लगायत मन्त्रीहरु तथा नेपाल सरकारका विशिष्ठ अधिकारीहरुको अपस्थिति थियो। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा बैठकमा गरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x