Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

परिसंघले सरकारलाई बुझायो ‘आर्थिक संवृद्धिको मार्गचित्र’

परिसंघले सरकारलाई बुझायो ‘आर्थिक संवृद्धिको मार्गचित्र’

काठमाडौं, २ चैत । नेपाल उद्योग परिसंघले समृद्धिको अवधारणा कस्तो हुनुपर्छ र त्यो कसरी प्राप्त गर्ने भन्ने बारे परिसंघ–प्रवुद्ध परिषदसँगको पटक पटकको छलफल, सहकार्य र अन्तरक्रियाबाट समृद्धिको मार्ग चित्रको अवधारणा तयार गरि नेपाल सरकारलाई पेश गरेको छ ।
बिहीबार सम्पन्न बेग्ला बेग्लै कार्यक्रममा परिसंघ तथा प्रबुद्ध परिषदका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव तथा अर्थ मन्त्री युवराज खतिवडालाई सो अवधारणा प्रस्तुत गरेको हो । सो समृद्धिको मार्ग चित्रको अवधारणा सरकारलाई अव बनाउने नीति नियम तथा रणनीति तय गर्न अत्यन्त उपयोगी हुने अपेक्षा परिसंघले लिएको छ ।
उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले परिसंघले प्रस्तुत गरेको समृद्धिको मार्ग चित्र अध्ययन गरी आर्थिक विकास तथा उद्योग धन्दाको प्रवद्र्धनका लागि आवश्यक नीति र कानून तय गर्ने बताए । उनले औद्योगिक पूर्वाधार विकासका साथै उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि लगानीको वातावरण तथा औद्योगिक सुसम्बन्धको आवश्यकता रहेकामा जोड दिए । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न यस सरकारले औद्योगिकीकरण तथा पूर्वाधारलाई प्राथमिकता दिने बताएका थिए ।
अर्को कार्यक्रमा अर्थ मन्त्री खतिवडाले नेपालको निजी क्षेत्रले यस प्रकारको अवधारणा तयार गर्नु सह्रानीय भएको बताउदै हालको सरकारको ध्यान समेत समृद्धिनै रहेको बताएका थिए । आगामी दिनहरुमा नेपालमा लगानीको बातावरणमा बन्दै जाने भएकोले उद्योगी तथा व्यवसायीहरुलाई लगानीको लागि तयार रहन सुझाएका थिए ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्य भई मुलुकले राजनीतिक स्थायीत्व पाएको वताए । तीनबटै तहमा सरकार समेत गठन भई सकेको नयाँ अवसरमा मुलुकलाई दीगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पु¥याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको बताउदै उक्त समृद्धिको मार्ग चित्रले सरकारलाई आफ्नो लक्ष हासिल गर्न सजिलो हुने विस्वास व्यक्त गरेका थिए ।
सो अवसरहरुमा परिसंघ प्रवुद्ध परिषदका सदस्यहरु, परिसंघका पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x