Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शिवनगर खानेपानी आयोजनाको राष्ट्रपतिले उद्घाटन गर्ने

शिवनगर खानेपानी आयोजनाको राष्ट्रपतिले उद्घाटन गर्ने

धनगढी,१० माघ
धनगढी उपमहानगरपालिका ५ शिबनगरमा निर्माण भएको शिबनगर खानेपानी तथा सरसफाई आयोजनाको राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले यहि माघ १४ गते शुक्रबार एक समारोहका बिच खानेपानी आयोजनाको उद्घाटन गर्ने उपभोक्ता समितिले जानकारी दिएको छ ।
सोमबार उपभोक्ता समितिले पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । उपभोक्ता समितिका अध्यक्ष नारदमुनी रानाले यस अघि धेरै पहिले देखी आयोजना उद्घाटनको तयारी गरेपनि राष्ट्रपति कार्यालयबाट समय नपाउँदा उद्घाटनमा ढिला भएको बताए ।
धनगढी उपमहानगरपालिका वडा नंम्बर १, ५, ७ र ८ सेवा क्षेत्र रहेको यो आयोजना सम्पन्न भई उपभोक्ताले खानेपानी समेत उपभोग गर्न थालिसकेका छन् । हाल सम्म यस आयोजनाबाट त्यस क्षेत्रका २ हजार ५० घरमा धारा जडान गरिसकेको अध्यक्ष रानाले जानकारी दिए ।
उनका अनुसार गरिब घरधुरीहरुलाई धारामा सहयोग २ सय ९१ घरधुरीमा, शौचालयमा सहयोग २ सय ४४ घरधुरीमा गरिएको छ । २०६८ सालमा निर्माण शुरु भएको आयोजना २०७१ सालमा सम्पन्न भएको थियो । आयोजनाको कुल लागत १८ करोड १२ लाख २६ हजार ५ सय १७ रहेको छ । जसमा खानेपानी तर्फ एसियाली विकास बैंकको ५० प्रतिशत अनुदान र उपभोक्ताको लगानी ५० प्रतिशत रहेको छ । उपभोक्ताको ५० प्रतिशत लगानीमा नगर विकास कोष ऋण ४५ प्रतिशत र उपभोक्ताबाट अग्रिम नगद योगदान ५ प्रतिशत रहेको अध्यक्ष रानाले जानकारी दिए ।
यो आयोजना निर्माणका लागि निमार्ण व्यवसायी सिचुवान–चन्द्रा एण्ड बसन्त नागार्जुन–ज्वाईन्ट भेन्चर रहेको थियो भने परामर्शदाता ईआरएमसि प्राली काठमाण्डौ रहेको थियो । यस आयोजनामा २ वटा डिप ट्युवल, ४ सय ५० घन मिटरको एक वटा ओभरहेड टंकी, ३ सय घन मिटरको प्रशोधित पानी भण्डारण टंकी एक वटा रहेको छ ।
यस्तै यस आयोजनामा ५५ हजार ३ सय २७ मिटर पाईप लाईन, प्रेसर फिल्टर प्लान्ट ३, फायर हाईड्रेन्ट ८ वटा रहेको अध्यक्ष रानाले जानकारी दिए । अध्यक्ष रानाले यस आयोजनाले खानेपानी सरसफाई संगै सामाजिक पाटोलाई पनि ध्यान दिएको बताए । उनले सामाजिक पाटो अन्तैगत आगलागि भएको बेला चाहिने आवश्यक पानी स्टक, सार्बजनिक शौचालय लगायत रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x