Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाली युवाको कोरिया मोह, आवेदन फारमका लागि शूल्क बुझाउन रातिदेखि लाइनमा

नेपाली युवाको कोरिया मोह, आवेदन फारमका लागि शूल्क बुझाउन रातिदेखि लाइनमा

युवराज पन्त
काठमाडौं, ८ चैत । नेपालबाट रोजगारीका लागि बिदेश जान चाहने अधिकांश युवाहरुको पहिलो रोजाईको मुलुक हो दक्षिण कोरिया । कोरिया जाने र मनग्गे पैसा कमाएर जिवनस्तर परिवर्तन गर्ने अधिकांश युवाहरुले सपना बुनेका हुन्छन् । कतिपय सफल हुन्छन् तर कतिपय सफलता हात पार्न नसकेर निराश ।

इपिएस अन्तर्गत सन् २०१९ मा रोजगारीका लागि दक्षिण कोरिया जान चाहने कामदार छनौट गर्न लिईने परिक्षाको आवेदन फारम आज देखि खुला गरेसँगै शूल्क बुझाउनका लागि ग्लोबल आइएमई बैंकको विभिन्न शाखा कार्यालयहरु लागेको भिडले पनि नेपाली युवाहरु कोरिया जान कति लालायित छन् भन्ने पुष्टि गर्छ । प्रायः काठमाडौं उपत्यकाका शाखाहरुमा बिहान सबेरै देखि युवाहरु शूल्क बुझाउनका लागि लाईनमा लागेका थिए ।

धनकुटा घर भई हाल काठमाडौंमा कोरियन भाषा सिक्दैं आएकी सरिता लिम्वु राति ३ वजे देखि नै सानो गौचरन स्थित ग्लोबल आइएमई बैंकको शाखामा लाइन लागेको बताउ छिन् । पाँच जना साथीहरुसँग उनी त्यसबेला आँउदा पनि लाइनमा लगभग १ सय जना भन्दा पछि परिन । करिब १२ बजेतिर हामी त्यहाँ पुग्दा अझै पनि उनको पालो अझै आएको थिएन । नेपाली विषयमा स्नातक गरिसकेकी उनी कोरिया गई पैसा कमाएर नेपालमा व्यवसाय गर्ने सोचमा छिन् ।

त्यस्तै लाइनमै भेटिएका अर्का युवा भिमबहादुर कार्कीको गुनासो पनि उस्तै थियो । प्लस टु पास गरेर बसेका उनी हामीसँग दुखेसो पोख्दै थिए “जति पढेपनि नेपालमा के गर्नु हो, रोजगारी पाईने होइन ?” डिग्री पास गरेका आफ्नै दाजु अघिल्लो बर्ष इपिएस भाषा पास गरी कोरिया गई मासिक डेढ देखि २ लाख सम्म पैसा कमाइ रहेकाले दाजुकै सल्लाह वमोजिम आफु पनि कोरिया जान लागेको उनले बताए ।
लाईनमा भेटिएका अधिकांशको गुनासो यस्तै थियो । उनीहरु भन्दै थिए, “यहाँ जीवनभर परिश्रम गरेपनि केही हुने छाँटकाट देखिएन बरु कोरिया पाँच वर्ष दुख गर्ने । पैसा त कमाइन्छ । त्यसपछि सोचेको गरौला ।”

अघिल्लो वर्ष कोरिया सरकारले इपिएस मार्फत १० हजार युवा लगेको थियो । तर यो पटक जम्मा सात हजार एक सय युवालाई रोजगारीका लागि लैजादै छ । अहिले सम्म ४० हजार भन्दा बढि युवा भाषा परिक्षा पास गरि कोरिया पुगिसकेका छन् । यसबाहेक पनि दैनिक एक हजार देखि १५ सय युवा रोजगारीका लागि खाडी लगायतका अन्य मुलुक जाने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x