Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नाइटो देखाएको आरोपमा जिम सेन्टरबाट निकालिइन् युवती

नाइटो देखाएको आरोपमा जिम सेन्टरबाट निकालिइन् युवती

अचेलका केटीहरुका लागि नाइटो देखाउनु कुनै ठूलो कुरा होइन । अझ विकसित देशहरुमा त नाइटोलाई गोप्य अंगका रुपमै लिइदैन । तर, के तपाईं पत्याउनुहुन्छ रु बेलायतजस्तो देशमा एउटी युवतीलाई नाइटो देखाएको आरोपमा जिमबाट निकालियो । यो घटना एक हप्ता अगाडिको हो ।

ग्राफिक डिजाइनिङ पढ्दै गरेकी क्लोइ कराली नामकी युवती ब्रोन नेल्सन फिटनेस सेन्टरमा नियमित शारीरिक अभ्यास गर्न व्यस्त थिइन् । उनले माथि छोटो टप र तल ट्राउजर लगाएकी थिइन् । यत्तिकैमा उक्त फिटनेस सेन्टरकी एक कर्मचारी उनी भए ठाउँ आइन् ।

उनले क्लोइलाई माथिदेखि तलसम्म एक नजर लगाइन् र ख्वाक्क खोक्दै भनिन्, ‘तिमी कृपया बाहिर निस्क ।’ क्लोइ बिचरा अलमल्ल परिन् ।

‘किन रु के भो रु’ उनले सोधिन् रु

‘यस्तो ड्रेस लगाएर आउन यहाँ अनुमति छैन,’ ती कर्मचारीले कडा स्वर पार्दै भनिन् ।

‘के खराबि छ मेरो ड्रेसमा रु’ क्लोइले फेरि सोधिन् ।

‘तिम्रो नाइटो देखिएको छ,’ कर्मचारीले जवाफ दिइन्, ‘यहाँ नाइटो देखिने लुगा लगाउन पाइदैन । कि नाइटो छोपिने लुगा लगाउ, कि यहाँबाट निस्कन ।’

क्लोइले प्रतिवाद गर्न खोजिन्, ‘यो त अति भएन र रु कि मलाई केटी भनेर हेपेको रु’

‘होइन,’ कर्मचारीले भनिन्, ‘यहाँ केटालाई पनि यही नियम छ ।’

उनले अगाडि भनिन्, ‘मैले तिमीलाई नाइटो देखाउने अनुमति दिएँ भने सबैको ध्यान तिमीतिर जान्छ र यहाँको माहौल बिग्रिन्छ ।’
त्यसपछि क्लोइ थप केही नबोली सरासर बाटो लागिन् । उनले कन्ट्री लिभिङ नामक फेसबुक पेजमा निन्दा गदर्ैै आफू जिम जाँदा खिचेको तस्बिर पोष्ट गरिन् । त्यसमा धेरैले कमेन्ट गरेर आश्चर्य व्यक्त गरेका छन् ।

यस प्रकरणबारे जिम सेन्टरका एक प्रवक्तासँग जिज्ञासा राख्दा उनले जवाफ दिए, ‘हाम्रो आफ्नै नियमहरु छन्, जुन नियमहरु हामीले बकाइदा पोस्टर बनाएर भित्तामा टाँसेका छन् । जोकोहीले ती नियमहरु पालना गर्नु अनिवार्य छ ।’अनलाइनखबर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x