Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राणाकालमा स्थापना भएको विद्यालयमा पठनपाठनको समस्या

बैतडी, माघ १३ गते । राणाकालमा स्थापना भएको बैतडीको दुर्गम तल्लोस्वराड स्थित मणिलेक माविमा विद्यार्थीका लागी कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा हाल विद्यार्थीको चाप बढेकाले यस्तो समस्या आएको हो । करिब १८० विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको कक्षा ११ मा अध्ययनरत छात्रा सरस्वती पोखरेलले बताउनुभयो । एउटै कोठामा विद्यार्थीको चाप अत्यधिक भएकाले पछाडि बस्नेले पढाएको नसुन्ने खाली हल्ला मात्रै हुन्छ उहाँले भन्नुभयो “कोही भm्यालमा बस्छाँै, पछाडिका भने डेस्कमा बस्ने गर्दछौँ ।”

छात्रा पोखरेलले भन्नुभयो “ठूलो कोठामा पढाइ हुने भएकाले आवाज थर्किएर आउने हुँदा बुझिदैन ।”

कक्षा ६ देखि नै विद्यार्थीको चाप बढी भए पनि विशेष गरी कक्षा ११ र १२ का विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिनुभयो ।

कक्षा ६ देखि १० सम्म दुई÷दुई समूह बनाई पठनपाठन भइरहेको छ, कक्षा ११ र १२ मा दुई÷दुई समूह बनाउन कक्षाकोठाको अभाव छ । हाल कक्षा ११ र १२ मा गरी २५० विद्यार्थी छन् प्रधानाध्यापक कलौनीले भन्नुभयो “जिल्ला शिक्षा कार्यालयमा पटकपटक भवनका लागि माग गरेपनि कुनै चासो देखाएन ।”

विद्यालयसँग आर्थिक अभाव हुँदा भवन निर्माण गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो “१५० विद्यार्थीलाई एउटै कोठामा पठनपाठन गराउँदा समस्या हुने गरेको छ ।”

मेलौली गाविससँग आर्थिक सहयोग मागेकामा छिट्टै टिनको टहरा बनाएर पठनपाठन गराउने तयारी भइरहेको प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो । कक्षा १० मा गत सालदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित गरेसँगै कक्षा ११ मा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो ।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा विसं २०५१ देखि कक्षा १२ सम्मको पढाइ हँुदै आइरहेको छ । हाल उक्त विद्यालयमा मेलौली, विशालपुर, शिवनाथ र महारुद्र गाविसका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
तल्लोस्वराडको मुख्य केन्द्रको रुपमा सो विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायका साथै प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङको समेत पढाइ हुने गरेको छ ।

विज्ञान सङ्काय तथा सिभिल इन्जिनियरिङका लागी बैतडीलगायत जिल्ला बाहिरबाट समेत अध्ययनका लागि आउने गरेकाले कक्षाकोठाको अभाव हुँदै आउँदा समस्या भएको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगिरहेका बेला मणिलेक माविमा विद्यार्थीको चाप बढी रहेर पठनपाठनमा समस्या आउँदा समेत जिल्ला शिक्षा कार्यालयले कुनै चासो नदिएको विद्यालयको गुनासोे छ ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले भन्नुभयो “मणिलेकमा भवन निर्माण हुनु आवश्यक भएकाले आगामी वर्ष ब्लक उपलब्ध गराइने छ ।” गोरखापत्र दैनिक बाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x