Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रधानमन्त्रीको भारत भ्रमण : पर्यटनमा भएका सम्झौता कार्यान्वयनबारे पनि छलफल हुने

प्रधानमन्त्रीको भारत भ्रमण : पर्यटनमा भएका सम्झौता कार्यान्वयनबारे पनि छलफल हुने

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका क्रममा पर्यटन क्षेत्रमा विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य एवं नेपाल एशोसिएशन अफ टुुर्स एण्ड ट्राभल एजेन्ट्स् (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले विगतमा पर्यटन क्षेत्रमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे भ्रमणमा छलफल हुने जानकारी दिए । पाण्डेले नेपाली पर्यटक बसलाई सहजरुपमा भारतमा सञ्चालन गर्न पाउने, विभिन्न देशबाट भारतमा आउने पर्यटक नेपालमा ल्याउने, पर्यटन क्षेत्रमा भारतीय लगानी भित्र्याउनेलगायत विगतमा भएका सम्झौतालाई प्राथमिकता दिने बताए ।

भारतले आफ्ना सरकारी कर्मचारी नेपालमा पर्यटकका रुपमा घुम्न पठाउँदा (लिभ ट्राभल अलाउन्स) सरकारी पैसा दिएर नेपाल पठाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएर गरेको घोषणालाई कार्यान्वयन गर्नेबारे छलफल गर्ने भ्रमण दलका सदस्य पाण्डेले बताए । भ्रमण टोलीमा पर्यटन क्षेत्रबाट पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष पाण्डे सहभागि छन् । (रासस)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x