Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मिटरमा नहिड्ने ट्याक्सी धमाधम कारबाहीमा

मिटरमा नहिड्ने ट्याक्सी धमाधम कारबाहीमा

काठमाडौं, ६ बैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही तीव्र बनाएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो आएपछि कारबाहीलाई तीव्रता बनाएको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको जानकारी दिए । पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा गर्ने गरेपनि अहिले कारबाहीमा पर्नेहरुको संख्या बढेको उनले बताए ।

त्यस्तै उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरे । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजार रुपैयाँ देखि पाँच हजार रुपैयाँ सम्म जरिवाना गर्ने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x