Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चिनियाँ दुतावासको आयोजनामा ६ महिने चिनियाँ भाषा प्रशिक्षण सुरु

चिनियाँ दुतावासको आयोजनामा ६ महिने चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं, ७ बैशाख । नेपाल स्थित चिनियाँ राजदूतावासको आयोजनामा आज देखि ६ महिने एड्भान्स चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपालको पर्यटनमा आवश्यक चिनियाँ भाषाको दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रमको आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा उनले नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक दिनप्रतिदिन बढ्दै गएको भन्दै प्रशिक्षण कार्यक्रमलाई तीब्र बनाउनुपर्ने बताए । उनले अहिले नेपालमा चिनियाँ भाषामा दख्ल राख्ने जनशक्तिको अभाव रहेको भन्दै सन् २०२० सम्ममा १० हजार जनशक्ति उत्पादन गर्ने गरि प्रशिक्षण संचालन गर्नुपर्ने बताए ।

पाँच वर्षमा २ सय जनालाई चिनियाँ भाषा प्रशिक्षण गराउने उद्धेश्यले दूतावासले संचालन गरेको प्रशिक्षण कार्यक्रमको यो तेस्रो श्रृङखला हो । नेपाल पर्यटन बोर्डको सभा हलमा हुने यो प्रशिक्षणमा ४५ जना सहभागि हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x