Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल आउने पर्यटकको संख्या १४% बढ्यो, चिनियाँ पर्यटकको आगमन ३८% ले वृद्धि

नेपाल आउने पर्यटकको संख्या १४% बढ्यो, चिनियाँ पर्यटकको आगमन ३८% ले वृद्धि

काठमाडौं, १० वैशाख । सन् २०१८ मा नेपाल आउने पर्यटकहरुको संख्यामा १४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मार्चसम्म ३० भन्दा बढी राष्ट्रका कुल दुई लाख ८८ हजार ९ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा नेपाल आउने पर्यटकहरुको संख्या २ लाख ५२ हजार ९ सय ८४ रहेको थियो ।
यो अवधिमा चीनबाट नेपाल आउने पर्यटकहरुको संख्यामा ३८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २९ हजार ६ सय ८४ पर्यटकले नेपाल भ्रमण गरेकोमा यो वर्ष ४० हजार ९ सय ७६ पर्यटक नेपाल आएका छन् । भारतबाट आउने पर्यटकहरुको संख्यामा केही कमी आएको छ । भारतबाट कुल ३४ हजार एक सय ३३ पर्यटक नेपाल आएका छन् । गत वर्ष सोही अवधिमा ३४ हजार चार सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
धेरै पर्यटक आउने देशहरुमा पहिलो दश स्थानमा क्रमशः चीन, भारत, संयुक्त राज्य अमेरिका, थाइल्याण्ड, बेलायल, दक्षिण कोरिया, जापान, श्रीलंका, बंगलादेश र अष्ट्रेलिया रहेका छन् ।
संयुक्त राज्य अमेरिकाबाट नेपाल आउने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । सन् २०१८ को पहिलो ३ महिनामा कुल २ज्ञ हजार तीन यस ५९ अमेरिकीले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट १८ हजार ६ सय ६४ पर्यटक नेपाल आएका छन् भने बेलायतबाट १५ हजार आठ सय ७८ र दक्षिण कोरियाबाट १२ हजार छ सय ९७ व्यत्तिले नेपाल भ्रमण गरेका छन् ।
जपानबाट ९ हजार एक सय ७१, श्रीलंकाबाट १६ हजार आठ सय १३, बंगलादेशबाट आठ हजार नौसय २६ र अष्ट्रेलियाबाट आठ हजार आठ सय २८ पर्यटक नेपाल आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x