Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

‘शेयर बजार बढ्न आधारभुत कारण छैन, लगानीकर्ताहरुको उत्साहले बजार बढ्यो,’ धितोपत्र बोर्ड

‘शेयर बजार बढ्न आधारभुत कारण छैन, लगानीकर्ताहरुको उत्साहले बजार बढ्यो,’ धितोपत्र बोर्ड

काठमाडौं, १० वैशाख । पछिल्लो समय शेयर बजार निरन्तर बढ्दै गएको छ । चैत्र २७ गते देखी वैशाख ९ गतेसम्ममा शेयर बजार १६८.२६ अंकले बढेको छ । चैत्र २७ गते शेयर बजारको परिसुचक १२७०.२३ विन्दु रहेकोमा वैशाख ९ गते १४३८.४९ विन्दुमा आइपुगेको छ ।

यसरी निरन्तर रुपमा शेयर बजारमा आएको वृद्धिको कारण आधारभुत भन्दा पनि लगानीकर्ताहरुको उत्साह भएको धितोपत्र बोर्डको विश्लेषण रहेको छ । ‘अहिले शेयर बजार बढ्नुको कारण आधारभुतभन्दा पनि लगानीकर्ताहरुको उत्साहमा आएको वृद्धि हो,’ नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । गिरीका अनुसार मुलुकको अर्थतन्त्रमा खासै सुधार नआए पनि शेयर बजारमा वृद्धि देखिएको छ । ‘आर्थिक परिसुचकहरुमा खासै सुधार आएको छैन, वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभावको समस्या समाधान भएको छैन र शेयर बजारमा आपुर्ति पक्ष थप बलियो हुँदा पनि शेयर बजारमा वृद्धि आउनु लगानीकर्ताहरुको उत्साह बढ्न गएको हाम्रो विश्लेषण छ,’ उनले भने । यद्यपी वित्तीय प्रणालीमा लगानी योग्य रकम अभावमा केहि सहज वातावरण बन्दै गएको उनको धारण रहेको छ ।

यता बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणहरु सार्वजनिक गर्दै छन् । सार्वजनिक वित्तीय विवरणको आधारमा पनि लगानीकर्ताहरुको मनोबल बढेको बोर्डले बताएको छ । यद्यपी सम्पुर्ण सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणहरु भने आउन बाँकी रहेको छ ।

अहिले शेयर बजारमा देखिएको वृद्धिको कारण ठुला लगानीकर्ताहरुको प्रवेश र सामुहिक लगानी कोषहरुले बढाएको लगानी भएको अनुमान बोर्डले गरेको छ । ‘ठुला लगानीकर्ताहरुको प्रवेश र सामुहिक लगानी कोषहरुको लगानीमा भएको वृद्धिले बजारलाई बढाएको भन्ने तत्थहरुलाई हामी विश्लेषण गर्दैछौं,’ गिरीले भने । यता शेयरको खरिद बिक्री अनलाईन ट्रेडिङ सिस्टम मार्फत लागु हुने सम्भावना बढेको कारणले पनि शेयर बजारमा वृद्धि भएको मान्न सकिन्छ । यसरी शेयर बजारमा आएको वृद्धिले लगानीकर्ताहरुको सहभागितालाई बढाउनुका साथै कारोबार रकममा समेत बढेको छ । तर शेयर बजार बढ्नुको पछाडी कुनै आधारभुत कारण नभएकोले लगानीकर्ताहरुको सजक भई लगानी गर्न बोर्डले सुझाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x