जनता बैंकका पूर्व सञ्चालक न्यौपाने पत्नीको शेयर जफत गर्न निर्देशन

काठमाडौं, २३ भदौ । जनता बैंकलाई तत्कालीन सञ्चालक गुरुप्रसाद न्यौपानेको श्रीमती सुमित्रा न्यौपानेको शेयर जफत गर्न निर्देशन राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले निजको नाममा रहेको ८५ हजार कित्ता शेयर जफत गर्न दिर्नेशन दिएको हो । बैंकमा सञ्चालक रहेको समयमा दोस्रो बजारमा शेयर कारोबार गर्न नपाइने नियमनको उल्लंघन गरी न्यौपानेले श्रीमतीको नाममा शेयर खरिद गरेको हो ।
सो सेयर न्यौपानेले सञ्चालक समितिमा रहेका बेला माछापुछ्रे बैंकसँगको मर्जर हुने विषय चल्दा श्रीमतिको नाममा किनेका थिए । बैंक सञ्चालक समितिको बैठकले पनि सुमित्रा न्यौपानेको सेयर जफत निर्णय गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले भदौको दोस्रो साता नै न्यौपानेले जनता बैंकको सञ्चालकमा रहदा बैकिङ कसुर गरेको जानकारी जनता बैंकलाई पठाएको थियो । केन्द्रिय बैंकले सोही आधारमा न्यौपानेकी श्रीमती सुमित्रादेवी न्यौपानेका नाममा रहेको सेयर जफत गर्न निर्देशन दिएको हो ।
स्रोतका अनुसार न्यौपानेले श्रीमती सुमित्राको नाममा ५२ हजार कित्ता सेयर आफु सञ्चालक भएकै बखत खरिद गरेका थिए । त्यसपछि निष्काशन भएको ५० प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनस सहित गरी ८५ हजार कित्ताभन्दा बढी सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कुनै पनि बैंक तथा वित्तिय संस्थामा सञ्चालक पदमा रहँदा आफु तथा परिवारका सदस्यको नाममा त्यही संस्थाको सेयर खरीद गर्न पाइदैन । सुमित्राको नामको सेयर जफत गरी बैंकले बोलकबोल मार्फत सर्बसाधारणलाई विक्रि गर्ने छ । यसअघि न्यौपानेले श्रीमतीका नाममा सेयर खरीद गरेको सम्बन्धमा राष्ट्र बैंकमा उजुरी परेको थियो । सो सम्बन्धी छानविन थालेपछि न्यौपानेले सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
अपि हाइड्रोपावर, अरुण हाइड्रोपावर र रिडि हाइड्रोपावरमा समेत सञ्चालक रहेको न्यौपानेद्वारा सञ्चालित कम्पनीहरुमा संस्थागत सुशासनको अभाव रहेको बताइन्छ । आफ्नै परिवार र नातेदार केन्द्रित भएर कम्पनी सञ्चालन गर्ने गरेको आरोप छ । हालै अपि हाइड्रोपावरले १ बराबर २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र अरुण हाइड्रोपावरले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको भए पनि लामो समयदेखि त्यसको छिनोफानो हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *