Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दक्षिण एसियाली महिला विकास मञ्चसँग समझदारीपत्रमा हस्ताक्षर

दक्षिण एसियाली महिला विकास मञ्चसँग समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २८ भदौ । दक्षिण एसियाली महिला विकास मञ्च र अन्य क्षेत्रमा सक्रिय महिला उद्यमीबाट सञ्चालित संस्थाहरुबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय महिला उद्यमशीलता सम्मेलनको समापनको क्रममा मंगलबार मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले आशियान महिला उद्यमी सञ्जालकी अध्यक्ष पासिता जुआन र महिला उद्यमी संघ भारतकी अध्यक्ष रमा देवीबीच दक्षिण एसिया क्षेत्रमा महिला उद्यमशीलता विकासका लागि समझदारीपत्रमा हस्तक्षर भएको हो ।

दुई दिने सम्मेलनको क्रममा १८ देशका ८० महिला उद्यमीहरु सभागी भएका थिए । यस सम्मेलनले नेपाली महिला उद्यमीहरुलाई कफी उत्पादन तथा निर्यात प्रवद्र्धनका लागि फिलिपिन्सको महिला उद्यमीहरुसँग, स्पाको प्रवद्र्धनका लागि थाइलाल्ण्डको महिला उद्यमी मञ्चसँग, फलफूल र अन्य कृषि वस्तुका लागि भारतीय महिला उद्यमी संघसँग, पुष्प व्यवसाय तथा निर्यात्का लागि चीनका महिला उद्यमीसँग तथा सूचना प्रविधिका क्षेत्रमा भारत र पाकिस्तानका महिला उद्यमी सञ्जालसँग सम्पर्क कायम गरेका छन् । जसबाट आगामी दिनमा महिला उद्यमीहरुबाट सञ्चालित उद्यमहरुको विकास विस्तार र निर्यात प्रवद्र्धनबाट मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x