Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अमेरिकासँग ५० करोड डलरको अनुदान सम्झौता हुँदै

अमेरिकासँग ५० करोड डलरको अनुदान सम्झौता हुँदै

काठमाडौं, १९ भदौ । नेपाल र अमेरिकी सरकारको मिल्लेनियम च्यालेन्ज कर्पोरेसनबीच आज ५० करोड डलरको अनुदान सहयोगमा सम्झौतामा हस्ताक्षर हुने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज अमेरिकी सरकारको अनुदान सहायतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले बताएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘अमेरिकी विदेश मन्त्रालयको “ट्रीटी कक्ष” मा आज ५० करोड डलर बराबरको सम्झौतामा अर्थमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले सही गर्नु हुनेछ । नेपालले धेरै सहुलियतपूर्ण ऋण पाउने गरेता पनि यति ठुलो अनुदान पाएको पहिलोपटक हो । हामी बिद्युत उत्पादनमा गति लिदैछौ, तर वितरणको समस्या चर्कदैछ । यस अमेरिकी सहयोगबाट अर्को ५ वर्षभित्र ३०० कि।मी। उच्च भोल्टेजको विद्युत वितरण लाइन बन्नेछ ।’ उनले सन् २०१५ को शुरुतिर यो पहलमा चासो दिएर काम अगाडि बढाउन तत्कालीन अर्थमन्त्री रामशरण महतले योजना आयोगका तत्कालीन उपाध्यक्ष गोविन्दराज पोखरेल र आफूलाई लगाएको पनि उनले स्मरण गरेका छन् । यो पहल सफल बनाउनमा भूमिका निर्वाह गर्नेहरुमा कृष्ण ज्ञवाली, अर्थमन्त्रालयका सहसचिवद्वय बैकुण्ठ अर्याल र मधु मरासिनी मिल्लेनियम च्यालेन्ज नेपाल कार्यालयका प्रमुख तुलसी सिटौलालाई धन्यवाद पनि दिएका छन् ।

नेपालले यो अनुदान सहयोग अन्तर्गत अमेरिकी सरकारबाट ५० करोड डलर र आफ्नो काउन्टरपार्ट फण्ड १३ करोड डलर गरी ६३ करोड डलर विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि खर्च गर्नेछ । सन् २०११ म मिल्लेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत थ्रेसहोल्ड कार्यक्रममा छनौट भएको नेपालले यसका शर्तहरु पालना गर्दै कम्प्याक्ट फण्डिङ कार्यक्रममा सन् २०१४ मा छनौट भएको थियो । नेपालले परियोजना कार्यान्वयन शुरु गरेको पाँच वर्षभित्र अमेरिकी सहयोग अन्तर्गतका परियोजनाहरु सम्पन्न गरिसक्नुपर्छ । परियोजना कार्यान्वयनका लागि जग्गा तथा वनमा राइट अफ वे भने नेपाल सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ ।

अमेरिकी सहयोग अन्तर्गत चार सय केभी क्षमताका ३०० किमी प्रसारण लाइन र ३०५ किमी सडक मर्मत तथा विस्तार गर्नेछ । सहयोग अन्तर्गत, लप्सीफेदीदेखि दमौली, गल्छी ९धादीङ० देखि हेटौडा र दमौली देखि भारतीय सीमा सुनवलसम्म प्रसारण लाइन निर्माण गरिनेछ भने गल्छी, दमौलाी र सुनवलमा ४०० केभी क्षमताका तीनओटा प्रसारणलाइन निर्माण हुनेछ । त्यस्तै सडक परियोजन अन्तर्गत मेची राजमार्ग, कोशी राजमार्ग, सगरमाथा राजमार्ग, त्रिभुवन राजपथको भैंसे—हेटौंडा सडक खण्ड, त्यस्तै भैंसे— भीमफेदी र दाङको अमेलिया— तुलसीपुर सडक खण्ड मर्मत र स्तरोन्नति हुनेछ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x