Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अमेरिकासँग अहिलेसम्मकै ठूलो अनुदान सम्झौतामा हस्ताक्षर, ५० अर्ब रुपैयाँ अनुदान सहयोग प्रसारण लाइन र सडक मर्मतमा खर्च गरिने

अमेरिकासँग अहिलेसम्मकै ठूलो अनुदान सम्झौतामा हस्ताक्षर, ५० अर्ब रुपैयाँ अनुदान सहयोग प्रसारण लाइन र सडक मर्मतमा खर्च गरिने

पूर्ण प्रसाद चौलागाई

२०७४ भदौ ३०, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच अहिलेसम्मकै ठूलो अनुदान सहयोगमा हस्ताक्षर भएको छ । अमेरिकी सरकारको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले ५० करोड डलरको अनुदान सहयोग प्राप्त गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच उक्त सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा अमेरिकी उपविदेशमन्त्री जोन जे सुलिभानको उपस्थिति रहेको थियो ।

नेपालले यो अनुदान सहयोग अन्तर्गत अमेरिकी सरकारबाट ५० करोड डलर र आफ्नो समकारक कोष (काउन्टरपार्ट फण्ड) १३ करोड डलर गरी ६३ करोड डलर विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि खर्च गर्नेछ ।अमेरिकी सहयोग अन्तर्गत चार सय केभी क्षमताका ३०० किमी प्रसारण लाइन र ३०५ किमी सडक मर्मत तथा विस्तार गर्नेछ । सहयोग अन्तर्गत, लप्सीफेदीदेखि दमौली, गल्छी (धादीङ) देखि हेटौडा र दमौली देखि भारतीय सीमा सुनवलसम्म प्रसारण लाइन निर्माण गरिनेछ भने गल्छी, दमौलाी र सुनवलमा ४०० केभी क्षमताका तीनओटा प्रसारणलाइन निर्माण हुनेछ । त्यस्तै सडक परियोजन अन्तर्गत मेची राजमार्ग, कोशी राजमार्ग, सगरमाथा राजमार्ग, त्रिभुवन राजपथको भैंसे—हेटौंडा सडक खण्ड, त्यस्तै भैंसे— भीमफेदी र दाङको अमेलिया— तुलसीपुर सडक खण्ड मर्मत र स्तरोन्नति हुनेछ ।

सन् २०११ म मिल्लेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत थ्रेसहोल्ड कार्यक्रममा छनौट भएको नेपालले यसका शर्तहरु पालना गर्दै कम्प्याक्ट फण्डिङ कार्यक्रममा सन् २०१४ मा छनौट भएको थियो । नेपालले परियोजना कार्यान्वयन शुरु गरेको पाँच वर्षभित्र अमेरिकी सहयोग अन्तर्गतका परियोजनाहरु सम्पन्न गरिसक्नुपर्छ । परियोजना कार्यान्वयनका लागि जग्गा अधिग्रहण, पुनर्वास तथा प्रसारण लाइन निर्माण गर्दा वन क्षेत्रमा राइट अफ वे भने नेपाल सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x