Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लयमा फर्कदै नेपालको पर्यटन, यस वर्ष नेपाल घुम्ने पर्यटकको संख्या १० लाख नाघ्ने व्यवसायीको आकलन 

लयमा फर्कदै नेपालको पर्यटन, यस वर्ष नेपाल घुम्ने पर्यटकको संख्या १० लाख नाघ्ने व्यवसायीको आकलन 

पूर्ण प्रसाद चौलागाई

२०७४ असोज २०,काठमाडौं । यस वर्षको पर्यटकीय मुख्य सिजन सुरू भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । व्यवसायीहरुका अनुसार होटल, ट्राभल, ट्रेकिङ लगायत सबैतर्फको बुकिङ उत्साहजनक देखिएको छ । दुई वर्षअघिको भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र यस वर्षबाट लयमा फर्किएको व्यवसायी बताउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१७ को आठ महिनामा करिब ६ लाख पर्यटक नेपाल भित्रिसकेका छन् । यो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको चाप बढेको प्रस्ट हुन्छ । यो सिजनमा विशेष गरी अमेरिकन, अस्ट्रेलियन तथा क्यानडियन पर्यटक नेपाल आउने गर्छन् । चिनियाँ र भारतीय पर्यटक भने हरेक समय आउने गरेको पाइन्छ । आगामी दिनमा पर्यटक आगमन थप बढाउन सरकारले पर्यटकीय पूर्वाधार निर्माण र प्रचार प्रसारमा विशेष जोड दिनुपर्ने होटल संघ नेपाल (हान)का महासचिव विनायक शाह बताउछन् ।

बोर्डको तथ्यांक अनुसार सन् २०१५ मा पाँच लाख ५४ हजार र २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्ष त्यो संख्या बढेर १० लाख नाघ्ने आकलन व्यवसायीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x