Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिद्धार्थ इन्स्योरेन्सले पारित ग-यो २० प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद

सिद्धार्थ इन्स्योरेन्सले पारित ग-यो २० प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद

काठमाडौं, २९ कार्तिक । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा आज कार्तिक २९ गते सम्पन्न भएको छ । कम्पनीको यस साधारण सभामार्फत शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश पारित गरिएको छ ।

यस्तै कम्पनीको यस वार्षिक साधारण सभाले शेयरधनीहरुलाई बोनस शेयर वितरण पछि ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई समेत स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आगामी साधारण सभामा २० प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।

बोनस शेयर र हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ६० लाख रुपैया पुग्ने बताइएको छ । वीमा समितिको निर्देशन अनुसार तोकिएको १ अर्ब रुपैयाँको चुक्ता पुँजी पु¥याउन थप १३ करोड ४० लाख रुपैयाँ आवश्यक पर्दछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x