Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ललितपुर र पोखरामा एनआईबीएल क्यापिटलको शाखा विस्तार

ललितपुर र पोखरामा एनआईबीएल क्यापिटलको शाखा विस्तार

काठमाडौं, २९ कात्तिक । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङ्गामा शाखा बिस्तार गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले एक समारोह बीच लगनखेल शाखा कार्यालय उद्घाटन गरेका हुन ।

उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे, नेपाल धितोपत्र बोर्डका प्रतिनिधीहरु लगायत नेपालइन्भेष्टमेन्ट बैंक र एनआईविएल क्यापिटल मार्केटस्का उच्चपदा धिकारीहरुको सहभागिता रहेको थियो । यी शाखा कार्यालयहरुबाट सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाएको छ।

निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गरि मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु सर्वसुलभ तरिकाबाट प्रदानगर्ने जनाइएको छ । मर्चेन्ट बैकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्रीप्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभुति सेवालगायत सामुहिक लगानीकोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवाहरु आफ्नो सेवाग्राहीहरुलाई प्रदानगर्दै आइरहेको छ र निकट भविष्यमा नेपाल धितोपत्र बोर्डको स्वीकृतीलिई परामर्श सेवाहरु समेत संचालनमा ल्याउने बताइएको छ ।

हाल यस कम्पनीले बैंक÷वित्तीय संस्था, बीमाकम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३१ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धीकार्य गर्दै आइरहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x