Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

इस्यु मेनेजर र ग्यारेन्टरलाई थप व्यवस्थित बनाउन निर्देशन

इस्यु मेनेजर र ग्यारेन्टरलाई थप व्यवस्थित बनाउन निर्देशन

काठमाडौं, मंसीर ३ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) ले आपूm आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्दा र धितोपत्रको सार्वजनिक निष्काशनमा उक्त निष्काशनको निष्काशन तथा विक्री प्रवन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिन सक्ने अवस्थालाई दृष्टिगत गरी मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी वनाउन निर्देशन दिएको छ ।
बोर्डको निर्देशन अनुसार निष्काशन तथा विक्री प्रवन्धकले आपूm आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न पाउने छैन । त्यस्तै, निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य पनि नगर्न बोर्डले आग्रह गरेको छ ।
निष्काशन तथा विक्री प्रवन्धकले आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति नगराउन बोर्डले निर्देशन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x