आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटल बिच सम्झौता, नगद रहित स्वास्थ्य वीमा सेवा संचालन

काठमाडौं, १० वैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा […]

यामाहाका स्कुटरमा अभुतपूर्व ‘रिसेल प्रोमिस’

काठमाडौं, ७ वैशाख । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउनुहुनेछ । यसका […]

प्रोग्रेशीभ फाइनान्सको अध्यक्षमा किशोर महर्जन

काठमाडौं, १६ चैत्र । प्रोग्रेशीभ फाइनान्स लिमिटेडको संचालक समितिको अध्यक्षमा किशोर महर्जनलाई नियुक्त गरिएको छ । फाइनान्सको चैत्र ११ गते बसेको संचालक समितिको ३८३औं बैठकले महर्जनलाई अध्यक्षमा नियुक्ती गर्ने निर्णय गरेको हो । यसअघि फाइनान्सको संचालक समितिको अध्यक्षमा मुकुन्द प्रसाद दाहाल थिए । यद्यपि दाहाल फाइनान्सको हालको संचालक समितिको सदस्य भने छन् । किशोर महर्जन […]

सिजी फुड्स र ग्लोकल प्रा.लि बिच सम्झौता

काठमाडौ, ११ चैत्र । सिजी फुड्स र ग्लोकल प्रा.लि ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु […]

सानिमा बैंकको स्वतन्त्र संचालकमा उत्तम कुमार भट्टराई नियुक्त

काठमाडौं, ८ चैत । सानिमा बैंकको चैत ७ गते बसेको संचालक समितिको बैठकले उत्तम कुमार भट्टराईलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । भट्टराईलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको सुचना बैंकले आज नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । भट्टराई बैंकको स्वतन्त्र संचालकमा चार वर्षको लागि नियुक्त भएका हुन् ।