अमेरिकासँग अहिलेसम्मकै ठूलो अनुदान सम्झौतामा हस्ताक्षर, ५० अर्ब रुपैयाँ अनुदान सहयोग प्रसारण लाइन र सडक मर्मतमा खर्च गरिने

काठमाडौं, भदौ ३० । नेपाल र संयुक्त राज्य अमेरिकाबीच अहिलेसम्मकै ठूलो अनुदान सहयोगमा हस्ताक्षर भएको छ । अमेरिकी सरकारको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले ५० करोड डलरको अनुदान सहयोग प्राप्त गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच उक्त सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा […]

अमेरिकासँग ५० करोड डलरको अनुदान सम्झौता हुँदै

काठमाडौं, १९ भदौ । नेपाल र अमेरिकी सरकारको मिल्लेनियम च्यालेन्ज कर्पोरेसनबीच आज ५० करोड डलरको अनुदान सहयोगमा सम्झौतामा हस्ताक्षर हुने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज अमेरिकी सरकारको अनुदान सहायतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले बताएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘अमेरिकी विदेश मन्त्रालयको “ट्रीटी […]

समस्याग्रस्तबाट मुक्त भएका वित्तिय संस्थालाई पुँजी बढाउन अवधि दुई वर्ष थपियो

काठमाडौं, भदौ २८ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भई सञ्चालनमा आएका वित्तिय संस्थाहरुलाई पुँजी बढाउने अवधि दुई वर्ष थपेको छ । राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार, २०७४ असार मसान्तसम्म समस्याग्रस्तबाट मुक्त भएका वित्तिय संस्थाहरुका लागि २०७६ असार मसान्तसम्म पुँजी वृद्धिका लागि म्याद दिइएको छ । नेपाल राष्ट्र बैंक समस्याग्रस्त वित्तिय संस्था रिजोलुसन विभागका अनुसार […]

दक्षिण एसियाली महिला विकास मञ्चसँग समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २८ भदौ । दक्षिण एसियाली महिला विकास मञ्च र अन्य क्षेत्रमा सक्रिय महिला उद्यमीबाट सञ्चालित संस्थाहरुबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय महिला उद्यमशीलता सम्मेलनको समापनको क्रममा मंगलबार मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले आशियान महिला उद्यमी सञ्जालकी अध्यक्ष पासिता जुआन र महिला उद्यमी संघ भारतकी […]

भारतबाट आयात हुने बिजुलीको भाउ घट्यो

काठमाडौं, साउन २७ । भारतको बिहार र उत्तरप्रदेशबाट आयात हुने बिजुलीको भाउ घटेको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्स्चेन्ज कमिटी) को हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले भारतका विभिन्न १२ नाकाबाट आयात हुने विजुलीको मूल्य निर्धारण गरेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार, १३२ केभी प्रसारण लाइनबाट आयात हुने ५०…