Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आर्थिक अपराध निरुत्साही गर्न तत्पर छौं ः महानिरीक्षक खनाल

आर्थिक अपराध निरुत्साही गर्न तत्पर छौं ः महानिरीक्षक खनाल

काठमाडौं, २१ बैशाख । नव नियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द खनालले समाजबाट तस्करी, डकैती र गुण्डागर्दी हटाउने बताएका छन । नेपाल चेम्बर अफ कमर्सद्वारा काठमाण्डौमा आयोजित व्यवसायीक शान्ति सुरक्षामा नेपाल पहरीको नयाँ सुरक्षा रणनीति विषक अन्तरक्रिया कार्यकमका उनले सो कुरा बताएका हुन।

कार्यकममा उनले उद्योगी व्यापारीहरुलाई अनावश्यक दबाब र दुब्र्यवहार गरेमा जिम्मेवारीपुर्ण हिसाबले प्रहरीलाई सहि सुचना संप्रेष्ण गरी सहयोग गर्न समेत आग्रह गरे । लागु औषध कारोबारी र तस्करीका कारण समाजमा अपराध बढेको बताउदै महानिरीक्षक खनालले पुर्ण रुपमा लागु औषध निषेध र मदिरा नियन्त्रण गर्ने लक्ष्यमा नेपाल प्रहरीको रहेको बताए । यसका लागी आफुहरु कठोरताका साथ अघि बढ्ने पनि उनको भनाई थियो । उनले उद्योगी व्यापारीहरुलाई आर्थिक अपराधका विषयमा सजकभइ सहि सुचना दिन आग्रह गर्दै त्यो समस्या समाधानको जिम्मेवारी आफु लिन तयार रहेको पनि बताए ।

त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजि श्रेष्ठले मुलुक संघीयतामा गएसंगै ७ वटै पदेशमा आन्तरिक सुरक्षा बलियो हुनुपर्ने बताए । उनले उद्योग र व्यापारका क्षेत्रमा चोरी, चकारी र अनैतीक दबाबको प्रभाव परेमा देशकै अर्थतन्त्रमा ठुलो नाक्सान हुने बताए । प्रहरी र व्यापारीको सहकार्यले निवार्ध रुपमा आफनो काम गरी नागरिकलाई राम्रो सेवा दिन सक्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x