निजी आवास अनुदान २०७५ असारभित्रै लिइसक्नुपर्ने

काठमाडौँ, साउन ३ । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरेको छ । प्राधिकरणले लाभग्राहीहरुलाई चालु आर्थिक वर्षभित्र अर्थात् असार मसान्तभित्र अनुदान लिन आग्रह गरेको हो । प्राधिकरणका अनुसार सबै लाभग्राहीले आगामी कार्तिक मसान्तसम्म स्थानीय निकायहरुसँग अनुदान सम्झौता सम्पन्न गरिसक्नुपर्छ भने पहिलो किस्ता पौष मसान्तभित्र, दोस्रो किस्ता चैत मसान्तभित्र…

जापानी राज्यमन्त्री र प्राधिकरणका सिइओ पोखरेबीच भेटवार्ता

साउन ३ । नेपाल भ्रमणमा रहेकाजापानकावातावरण राज्यमन्त्रीतादाहिताइतोले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत डा. गोविन्दराजपोखरेसँग मंगलवार भेटवार्ता गरेका छन् । सिहदरवारस्थित प्राधिकरण कार्यालयमाकरिब एक घण्टा भएको भेटमा जापानका राज्यमन्त्री इतोले नेपालको पुनर्निर्माणमा भइरहेको प्रगतीवारे चासो राखेका थिए । उनले पुनर्निर्माणको प्राथमिकताका साथै यसमा देखिएको चुनौतीको सामनागर्न जापानले गर्न सक्ने थप सहयोगवारे धारणा राखेका थिए ।

शर्माको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, साउन ८ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले आज बृहद् पूर्ण इजलासमा सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतका अनुसार बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेका छन्। शर्माकी श्रीमती कल्पना शर्माले आफ्ना श्रीमानलाई अख्तियार…

सत्तरी वर्षे विद्यार्थीले उपप्रधानमन्त्री महरासँग भेटे, उच्च शिक्षा पढ्ने इच्छा

काठमाडौं, साउन १६ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सत्तरी वर्षीया विद्यार्थी दुर्गे कामीले भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गर्नुभएको छ । परराष्ट्र मन्त्रालायमा आज मन्त्री महरालाई भेटी स्याङ्जाको श्री काला भैरव माविबाट एसइई परीक्षा पास गरेको जानकारी गराउँदै उहाँले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । दुर्गे कामीले…

बाढीले पूर्वी तराईको जनजीवन प्रभावित, ठूलो धनजनको क्षति

काठमाडौं, साउन २९ । अविरल वर्षापछिको बाढीका कारण पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । बाढीका कारण पूर्वको मोरङ, सुनसरी, झापा, मध्य तराईको जनकपुर लगायतका ठाउँमा हजारौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् ।  बाढी पहिरोबाट झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १…