Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कर्पोरेट क्लबले अर्को हप्ता, उत्कृष्ट १९ अवार्ड दिने

कर्पोरेट क्लबले अर्को हप्ता, उत्कृष्ट १९ अवार्ड दिने

कर्पोरेट क्लबले अर्को हप्ता, उत्कृष्ट १९ अवार्ड दिने

काठमाडौं, १५ पुस । कर्पोरेट क्लब नेपालले व्यवसायिक रुपमा उत्कृष्ट रहेका कम्पनीलाई सम्मान गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै पुस २३ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट उत्कृष्ट कम्पनीलाई सम्मान गर्ने जानकारी दिएको हो ।
कम्पनीका अध्यक्ष मोहन ओझाले विभिन्न क्षेत्रका ७ जना विज्ञको छनोट एंव निर्णाक समुह स्पाना गरि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

उनलेउत्कृष्ठ व्यवसायी तथा कम्पनी छनोटका लागि विभिन्न मापदण्ड तयार पार्दै १७ वटा विधा अन्तर्गत १९ वटा अवार्डमा इन्सिच्युसनल एक्सिलेन्समा ११ वटा, इन्डिभिज्युअल एक्सिलेन्समा २ वटा, इन्सिच्युसनल डिस्टिङगुइस्डमा २ वटा, इन्डिभिज्युअल डिस्टिङगुइस्डमा १ र इन्सिच्युसनल विल्डरमा अन्य रहेर अवार्ड दिने बताए ।

विभिन्न व्यक्ति तथा संस्थाको जानकारीका लागि फ्याक्ट नेपाललाई रिसर्चको लागि आउटसोर्स गरिएको ओझाले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा शिवम सिमेन्टका सिइओ सुरेन्द्र गोयलले व्यवसायिक क्षेत्रले सम्मान पाउँदा लगानीका लागि समेत प्रोत्साहन हुने दाबी गरे ।

यस्तै नबिल बैंकका प्रमुख कार्यकार अधिकृत (सिइओ) अनिलकेशरी शाहले समाजमा उत्कृष्ठ काम गर्नेलाई सम्मान गर्दा त्यसले राम्रो प्रभाव पर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x