Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राजनीतिको प्रभाव शेयर बजारमा, ९६ अंक घटेको बजारमा ८ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार

राजनीतिको प्रभाव शेयर बजारमा, ९६ अंक घटेको बजारमा ८ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार

काठमाडौं, ५ पुस । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ९६.८८ अंकले घटेर बन्द भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधिक चुनाव गर्ने मिति घोषणा गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको हो । बजारमा यस्तो समाचार सार्वजनिक भएसँगै लगानीकर्ताहरुमा निराशा छाएको बताएका छन् ।

आज सबै समूहको परिसूचक घटेको छ । त्यस्तै परिसूचक १९३५.६३ विन्दुमा झरेको छ ।

परिसूचक घटेको भएपनि ८ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । १९८ कम्पनीको १ करोड ३९ लाख ५८ हजार २७४ कित्ता शेयर खरिद विक्री भएको छ । आज यूनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ९.८० प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै आज अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । सर्वाधिक शेयर मूल्य घट्नेमा सूर्यदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतशित घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x