Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अन्तर्राष्ट्रिय स्तरको सूचना तथा प्रविधि सम्मेलन सुरु

अन्तर्राष्ट्रिय स्तरको सूचना तथा प्रविधि सम्मेलन सुरु

काठमाडौं, ३ असार । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आज देखि अन्तर्राष्ट्रिय स्तरको सुचना तथा संचार प्रविधि सम्मेलन सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलनको आज सुचना, संचार एवं प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा उनले सूचना प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । अहिले पनि मुलुकको अधिकांश भुभागमा सूचना प्रविधिको पहँुच नपुगेको भन्दै पहुँच विस्तारका लागि सरकार लागि परेको उनले बताए । प्रविधिको प्रयोगले सबै क्षेत्रका मानिसको कार्यमा सहजता आउने भन्दै मन्त्री बास्कोटाले मुलुकको विकासमा समेत थप टेवा पुग्ने बताए ।

त्यस्तै सम्मेलनमा आइक्रोसफ्ट बंगलादेश लिमिटकी प्रबन्ध निर्देशक सोनिया बसिर कबिरले नेपालमा सुचना प्रविधिको विकासका लागि जनचेतना आवश्यक रहेको बताइन । प्रविधिको प्रयोगले सबै क्षेत्रका मानिसको कार्यमा सहजता आउने भन्दै उहाँले सो कुरामा जोड दिएकी हुन । स्मार्ट समाज निर्माणका लागि सरकार र नागरिक दुबैमा उत्सुकता आवश्यक रहेको उनको तर्क थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x