अस्ट्रेलियामा एनआरएन बिज्ञ सम्मेलन सम्पन्न

काठमाण्डौ, ३१ भदौ । गैर आवासिय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा सीडनीमा प्रथम ओसेनिया बिज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।

एनआरएन अ‍ोसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुरयाउने प्रयास स्वरुप पहिलो पटक अस्ट्रेलियाको सीडनीमा एक दिने बिज्ञ सम्मेलनको आयोजना गरेको हो ।

अस्ट्रेलिया र न्युजिल्यान्ड जस्तो बिकसीत मुलुकमा महत्वपुर्ण भुमिकामा रहेका नेपाली बिज्ञहरुलाई एकैथलोमा भेला पारेर यहा सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकीन्छ भन्ने सोचका साथ आयोजना गरिएको कार्यक्रममा केहि महत्वपुर्ण कार्यपत्रहरु प्रस्तुत भएका थिए । यस क्षेत्रमा छरिएर रहेका नेपाली समाजका अगुवाहरुलाई आमन्त्रीत गर्दै गरिएको कार्यक्रममा बिशेषगरी कृषि तथा खाद्य सुरक्षा , स्वास्थ र शिक्षा अनि पुर्वाधार बिकासमा केन्द्रित रहेको थियो ।

काठमाडौमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैर आवासिय नेपाली संघको बिश्व बिज्ञ सम्मेलनमा त्यहाँ प्रस्तुत गरिएका महत्वपुर्ण कार्यपत्रहरुलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बताए ।

कृषि तथा खाद्य सुरक्षा ,पुर्वाधार निमार्ण तथा रेलवे ,सुरुङ मार्ग ,स्वास्थ तथा शिक्षा जस्ता उपयुक्त बिषयमा केन्द्रित हुन सके यस्ता कार्यक्रम परिणाममुखी बन्ने हुनाले त्यस्ता बिषयलाई ध्यान दिएको अधिकारीले बताएका छन् ।

कार्यक्रममा युवा वर्गलाई केन्द्रित गरेर नेपाली बिध्यार्थीहरुको बिषयमा समेत केहि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जसमा काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुका लागि कठिन गन्तब्य बन्दै आएको सन्दर्भमा केहि महत्वपुर्ण बिषय उठान गरेका थिए । निकै सहज रुपमा बिध्यार्थीहरुलाई अध्यन भिषा दिएता पनि लाखौ डलर खर्च गरेर पढिसकेपछि स्थायीत्वको समस्या कठिन बन्दै गएको परिप्रेक्षमा नेपाल सरकार र बिध्यार्थी तथा अभिभावकले सोच्नुपर्ने बेला आएको सापकोटाले बताए ।

कार्यक्रममा अस्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले यस्ता कार्यक्रमहरु देशका लागि निकै महत्वपुर्ण रहने बताउदै मुलुकको बिकासका लागि आर्थिक ब्यबस्थापनसँंगै प्राविधिक शक्तीको पनि आवश्यकता रहेको औलाइन । राजदुत शेर्पाले यतिखेर मुलुकमा युवा शक्तीको खाँंचो देखिएको परिप्रेक्षमा दक्ष जनशक्तीले देशको निमार्णका लागि स्वदेश फर्कने अभियानको थालनी गर्नु पर्ने बताइन । राजदुत शेर्पाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुको आकर्षक गन्तब्य बनेपनि गुणस्तर शिक्षाको बिषयमा अभिभावक र बिध्यार्थी गम्भीर नभएको र त्यसमा शैक्षिक निकायहरु पनि जिम्मेबार भएको बताइन । उनले बिध्यार्थीहरुमा कठिनाइ उत्पन्न हुदै जाँंदा त्यसका जिम्मेबार निकायहरु प्रोभाइडर र परामर्शदाताहरु पनि जिम्मेबार हुनेहुँंदा यसतर्फ गम्भीर हुन संकेत गरिन ।

कार्यक्रमका बिशेष अतिथी गैर आवासिय नेपाली संघका केन्द्रिय महासचिब बद्री केसीले संसारभर फैलिएको एनआरएन अभियान मुलुकको उन्नती र प्रगतीसँंग जोडिएको हुँंदा यस्ता बिज्ञ सम्मेलनहरुको निष्कर्षले महत्वपुर्ण उपलब्धी हासिल हुने बिश्वस ब्यक्त गरे । राज्यले दोहोरो नागरिकताको ब्यवस्था र सर्बोच्च अदालतले देश बाहर बस्ने एनआरएनका लागि मताधिकारीको हक प्रदान गरेकोमा उनले खुसी ब्यक्त गरे ।

कार्यक्रममा एनआरएनको बिधानमा छलफल समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *