Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आयल निगममा नयाँ कार्यकारी निर्देशक पदका लागि आवेदन खुल्ला

आयल निगममा नयाँ कार्यकारी निर्देशक पदका लागि आवेदन खुल्ला

काठमाडौं, २९ भदौ । नेपाल आयल निगमले नयाँ कार्यकारी निर्देशक चयनको प्रक्रिया अघि बढाएको छ ।

नयाँ कार्यकारी निर्देशक चयनका लागि निगमले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । यहि असोज १२ गतेसम्मका लागि खोलिएको उक्त आवदेनमा अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवास्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

यस्तै, व्यवस्थापनमा स्नातक गरेर चार्टर्ड एकाउन्टेन्ट गरेको र सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनुपर्ने उल्लेख छ । उमेरको हद भने ३० वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रतिस्पर्धामा भाग लिनेले ५ हजार शब्द नबढ्ने गरी निगमका लागि आफ्ना व्यावसायिक योजना र कम्तिमा दुई वटा ‘केश स्टडी’ पनि दरखास्तसँगै सामेल गर्नुपर्नेछ । गत जेठमा गोपाल खड्काले राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त रहेको छ ।

हाल सुशील भट्टराई निगमको निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x