एनएमबी बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बिच तालिम सम्बन्धी सम्झौता

काठमाण्डौं, ३१ भदौ । एनएमबी बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एन.बी.आईले एनएमबी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुनिल के.सी.र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुखकार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार एनएमबि बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५०लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *